DASA Resources Translated into Nepali
अनुवाद गरिएका स्रोतहरू –सबै विद्यार्थीहरूको लागि आत्म सम्मान ऐन
अगस्ट ३१, २०१६ मा महा न्याधिवक्ता इरिक स्नाईडरम्यान र राज्य शिक्षा आयुक्त मेरी इलन इलियाले विद्यालय र जिल्लाहरूलाई न्यु योर्क राज्य सबै विद्यार्थीहरूको लागि आत्म सम्मान ऐन (DASA) अनुपालना गर्नमा सहयोग गर्नको लागि एउटा संयुक्त वक्तव्य जारी गरेका थिए । Ìýपुरा प्रेस विज्ञप्ति र साथमा भएको सामग्रीहरू हेर्नको लागि कृपया महा न्याधिवक्ताको वेभसाइट हेर्नुहोला.
न्यु योर्क राज्य शिक्षा विभाग(¿ìè³ɰæÊÓƵ) ले DASA को बारेमा निम्न लिखित लिङ्कमा उपलब्ध रहेको निम्नलिखित स्रोतहरू राज्यको अङ्ग्रेजी भाषा सिक्ने /बहु भाषा सिक्ने जनता मध्ये सर्वोच्च १० सूचिमा रहेका भाषाहरूमा अनुवाद गरेको छ।
उत्पीडन आफ्नो अधिकारबारे जान्नुहोस विज्ञापन हेतु पुस्तिका
¿ìè³ɰæÊÓƵ ले मुख्य जिल्ला तथा विद्यालयका उत्तरदायित्व र DASA अन्तर्गत अभिभावक तथा विद्यार्थीहरूको अधिकारहरूबारे सारांशमा एक पानाको विज्ञापन हेतु पुस्तिका बनाएको छ।
घटना रिपोर्ट फारम
यो घटना रिपोर्ट फारम उक्त संयुक्त वक्तव्य र प्रेस विज्ञप्तिमा संलग्न गरिएको स्रोतहरूको प्याकेजको एउटा भाग हो र यसको ढाँचा न्यु योर्क राज्यको महा न्याधिवक्ताको कार्यलयद्वारा (OAG) र ¿ìè³ɰæÊÓƵ को विद्या।र्थी सहायता सेवाको कार्यालयद्वारा तयार गरिएको थियोÌý विद्यालयहरूलाई विद्यार्थीहरू विरुद्ध हुने दादागिरी, भेदभाव, उत्पीडन वा साईबरदादागिरीका रिपोर्टहरू सङ्कलन गर्ने कार्यविधिहरू विकास गर्नमा सहयोग गर्न तर्फ लक्षित गरिएको यो एउटा नमुना फारम हो। विद्यालयहरूले DASA का घटनाहरूबारे लिखित रूपमा सूचना सङ्कलन गर्नु आवश्यक हुन्छ तर त्यस्ता घटनाहरूबारे सूचना सङ्कलन गर्नको लागि तिनीहरूले यही फारम प्रयोग गर्नु पर्छ भन्ने आवश्यक छैन । विद्यार्थी सहायता सेवाको कार्यालयले आफ्नै वेभसाइटमा न त आफ्नै DASA घटना फारम पोष्ट नगरेको न त DASA रिपोर्ट गर्ने व्यक्तिलाई त्यस्तो एउटा फारम वितरण गरेको एउटा जिल्लाको एउटा DASA घटनाको रिपोर्ट प्राप्त गरे पछि ¿ìè³ɰæÊÓƵ ले प्रायजसो त्यस व्यक्तिलाई त्यस घटनालाई दस्तावेजिकरण गर्नमा प्रयोग गर्नको लागि र सन्दर्भ लिनको लागि एक प्रति यो फारम उपलब्ध गराउँछ।
विद्यालयको उत्तरदायित्वहरूको सूचि
विद्यालयको उत्तरदायित्वहरूको सूचि पनि ¿ìè³ɰæÊÓƵ र OAG को संयुक्त वक्तव्य र प्रेस विज्ञप्तिमा रहेको स्रोतहरूको प्याकेजको एउटा भाग हो।Ìý यो फारम DASA उल्लङ्घन भएको छ भन्ने विश्वास भएर एउटा घटनालाई रिपोर्ट गर्ने प्रक्रियाबारे सोध्ने मातापिता वा विद्यार्थीहरूलाई वितरण गरिन्छ । यो तिनीहरूले देखेको वा अनुभव गरेको एउटा घृणास्पद घटनाबारे रिपोर्ट गर्न चाहदा DASA अन्तर्गत तिनीहरूले आफ्नो विद्यालयले उपलब्ध गराउने के को लागि अनुरोध गर्ने र के अपेक्षा गर्ने भन्नेबारे जान्नको लागि मातापिता वा विद्यार्थीहरूको लागि प्रायजसो उपयोगी हुन्छ ।
सबै विद्यार्थीहरूको लागि आत्म सम्मान ऐन भनेको के हो? (Harrassment one pager)
घटना रिपोर्ट फारम (जिल्ला/विद्यालयको फाइलको लागि मात्र) (Incident Reporting Form)
सबै विद्यार्थीको आत्म सम्मान ऐन (List of School Responsibilities)

